ग्याङका नाइकेको गिरफ्तारीपछि मेक्सिकोको अमेरिकी नियोगमा गोली प्रहार | Khabarhub Khabarhub

ग्याङका नाइकेको गिरफ्तारीपछि मेक्सिकोको अमेरिकी नियोगमा गोली प्रहार


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेक्सिकोमा रहेको अमेरिकी नियोगमा गोली प्रहार भएको छ । अमेरिकाको सीमानजिक रहेको मेक्सिकन शहर नुएभो लारेडोस्थित अमेरिकी नियोगमा गोली प्रहार भएको हो ।

स्थानीय आपराधिक ग्याङका नाइके हुआन जेरार्डो ट्रेभिनोलाई पक्राउ गरिएलगत्तै सो शहरमा हिंसात्मक घटना भएको जनाइएको छ । उनीमाथि लागूऔषध तस्करी, सम्पत्ति शुद्धिकरण, हत्या, आतंकवाद र अन्य अपराधको अभियोग लगाइएको र उनको अमेरिकातर्फ सुपुर्दगी समेत हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नियोगमा गोली प्रहार भएपछि सोमबार केही समयका लागि नियोगको कार्यालय बन्द समेत गर्नुपरेको जनाइएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै उक्त नियोगले सो क्षेत्रमा आकस्मिक घटनाको विकास भएको भन्दै अमेरिकी नागरिकलाई सुरक्षित रहन समेत आह्वान गरेको छ ।

ग्याङका नाइकेलाई गिरफ्तार गरेपछि उनका समर्थकरुले शहरमा हिंसा मच्चाएको र घटनामा एक जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : ३३ बजे

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

कोबे – पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह