‘चिसो एष्ट्रे’ ले परिपक्व बनायो « Khabarhub

‘चिसो एष्ट्रे’ ले परिपक्व बनायो


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफुले पाएको भूमिकालाई जीवन्त बनाउने गर्छन् , अभिनेता दिव्य देवले । नेपाली फिल्ममा ’आवरण’ बाट उदाएका दिव्य थियटरको परिचित नाम बनिसकेका छन् । यद्दपी उनले डेब्यु फिल्ममै सफलता पाएनन् । डेब्यु फिल्ममै असफलता भोग्नु परेता पनि उनको अभिनय क्षमताले थियटरमा न्याय पायो । उनले थियटरमा देखाएको अभिनयले उनलाई थियटर प्रेमी माँझ मात्र होइन , फिल्मकर्मी माँझ पनि परिचित गरायो । यद्दपी उनले निकै कम फिल्म गरेका छन् ।

आउँदो शुक्रबार उनी अभिनित फिल्म ’चिसो एष्ट्रे’ प्रदर्शनमा आउँदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एष्ट्रेमा रखिएको चुरोटझैँ निभ्दै जाने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एष्ट्रेको रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यहिँ भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।

२०७१ सालमै स्क्रिप्टलाई फिल्ममा उतार्ने तय भएको फिल्म बल्ल प्रदर्शनमा आउँदैछ। यहि फिल्ममा जोडिएपछि दिव्यले ’रुदाने’ को अफर समेत पाए । ’मैंले यो फिल्म पाएपछि आफुमा परिपक्वता पाएँ। मैंल त्यसपछि छानेको फिल्म र थियटरमा हुने प्लेले पनि मेरो करियरलाई उचाई दिन मदत गरेको छ’ दिव्यले भने ।

त्यसो त फिल्ममा ’इन’ हुन् उनलाई सहज थिएन् । उनले अडिसन दिएता पनि निर्देशक पाल्पालीको विश्वास जित्न सहज भने भएन । म त्यो समयमा अहिले भन्दा पनि निकै पातलो थिएँ । त्यसैले गर्दा मैंले पाएको क्यारेक्टरलाई न्याय गर्छु कि गर्दिन भन्नेमा निर्देशक ढुक्क थिएनन् । उनले निर्णय लिन समय लगाए । यद्दपी मेरो नाटक ह्याम्लेट हेरेकै कारण निर्माता भने विश्वत थिए’ फिल्ममा जोडिएको समयलाई दिव्यले सम्झिए ।

उनको त्यहि प्रोसेसले गर्दा फिल्मको ’कास्टिङ’ निकै बलियो रहेको बताए । ’मैंले मेरो साथी सर्कलमा फिल्मको कास्टिङको तारिफ सुनेको छु । यो फिल्म के कसो होला , तर हाम्रो फिल्म क्षेत्रले एउटा प्रतिभाववान निर्देशक पाएको छ’ दिव्यले भने । उनले फिल्मलाई दर्शकसम्म ल्याउनु अगाडी खड्किएको हरेक पक्षमा सुधार गर्न खोजेको बताए ।

फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।

दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्।

निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : १० बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड