पल शाहलाई फेरि तनहुँ ल्याइयो « Khabarhub

पल शाहलाई फेरि तनहुँ ल्याइयो


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुर पुर्‍याइएका कलाकार पल शाहलाई तनहुँ ल्याइएको छ । नवलपुरमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।

डीएसपी खड्का अनुसार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्ने उनले संकेत गरे ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि करणी गरेको भन्दै उजुरी परेपछि पल प्रहरी हिरासतमा रहेका छन् । प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । पलविरुद्ध ११ फागुनमा तनहुँ प्रहरी समक्ष उजुरी परेको थियो ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा अघिल्लो मंगलबार उनलाई तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैडाकोट पुर्‍याएको थियो । उक्त प्रहरी कार्यालयमा पनि उनीविरुद्ध उजुरी परेपछि थप अनुसन्धानका लागि त्यहाँ लगिएको थियो ।

घटनामा जोडिएका पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ०७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको