उइग्युर संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चीनको निर्देशन « Khabarhub

उइग्युर संस्कृतिसँग जोडिएका १६० संस्था बन्द गर्न चीनको निर्देशन


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– चीन सरकारले उइग्युर मुसलमान अल्पसङ्ख्यकको संस्कृतिसँग जोडिएका १६० संस्थाहरू बन्द गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘चीनको सिन्जियाङ उइगुर स्वशासित क्षेत्रको नागरिक मामिला ब्युरो’ ले उइग्युर अल्पसङ्ख्यकको संस्कृतिसँग जोडिएका १६० संस्थाहरू बन्द गर्न निर्देशन दिएको हो ।

चीनले यस्ता नीति ‘आतंक विरुद्धको युद्ध’ अन्तर्गत रहेको जनाउँदै आएको छ । यद्यपि चीन सरकारको यो कदम उइग्युर सँस्कृति र अल्पसङ्ख्यकलाई दमन गर्ने उद्देश्यले प्रेरित रहेको उइग्युर अभियन्ताहरूले जनाएका छन् । चीन सरकारले भन्ने गरेको आतंक विरुद्धको युद्ध खासमा उइग्युर विरुद्धको युद्ध रहेको अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइग्युरका संस्थापक कसिमजान अब्दुरेइम बताउँछन् ।

चीन सरकारको सूचीमा परेका १६० संस्थाहरूमा अल्टान भोकेसनल ट्रेनिङ स्कुल अफ उइग्युर, दोलान फार्मर पेन्टर्स एसोसिएसन, उइग्युर क्लासिकल लिटरेचर एन्ड मुकाम रिसर्च एसोसिएसन, इन्तिल ल्याङ्ग्वेज स्कूललगायत रहेको जनाइएको छ ।

कसिमजानका अनुसार चीनको प्रतिबन्धित सूचीमा रहेका संस्थामध्ये अधिकांश उइग्युर मुसलमान आफैँले स्थापना गरेका छन् । उनका अनुसार सिन्जियाङ कम्युनिष्ट पार्टीका नयाँ सचिव मा सिङरुइले पनि चीन सरकारको उइग्युरलाई दमन गर्ने नीतिलाई जारी नै राखेका छन् ।

(युरोप सनबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई