एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक « Khabarhub

एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वीसुब्बा गुरूङले बताए । उनका अनुसार आजको बैठकले चैत ७ गते पोलिटब्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीको बैठकमा जिल्लाको शक्ति सन्तुलनको स्थिति लगायतका विषयमा रिपोर्टिङ हुने कार्यक्रम रहेको उनले बताए ।

बैठकले स्थानीय तहका उम्मेदवारको सिफारिसको विधि र प्रक्रियाका बारेमा निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : १२ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत