खेल जीवन त्याग गर्दै रुसी खेलाडी | Khabarhub Khabarhub

खेल जीवन त्याग गर्दै रुसी खेलाडी


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुसले युक्रेनमा आक्रमण जारी राखे पनि थुप्रै खेलकर्मी यसको विरोधमा छन्। धेरै रुसी खेलाडीलाई त्यो आक्रमण मन परेको छैन। ‘संसारका मानव जाती एक हौ’ भन्ने भावनालाई आत्मसात् गर्दै खेलकुदमा जीवन बिताउनेका लागि त रुसले जारी राखेको मानवता विरोधी अपराध धेरै पीडादायी छ। यसै क्रममा पूर्व ओलम्पिक च्याम्पियन रुसी खेलाडीले खेल जीवन नै त्याग्ने घोषणा गरेका छन्। रुसको प्रतिनिधित्व गर्दा आत्मग्लानी हुने कारणले नै उनले खेल जीवन नै त्याग्ने निर्णय गरेका हुन्।

रुसले युक्रेनमा आक्रमण जारी राखे पनि थुप्रै खेलकर्मी यसको विरोधमा छन्। धेरै रुसी खेलाडीलाई त्यो आक्रमण मन परेको छैन।

सन् १९८८ मा सोभियत संघ विघटन हुनु भन्दा तीन वर्ष अगाडि अलेक्जेन्डर लेसुनको जन्म भएको थियो। उनी हुर्कने क्रममा सोभियत संघ विघटन त भइसकेको थियो। तर, त्यसको प्रभाव यथावत् थियो। सन् १९९२ को बार्सीलोना ओलम्पिकसम्म पनि सोभियत संघकै नाममा रुसलगायत गणराज्यले प्रतिस्पर्धा गरेका थिए।

बेलारुसमा जन्मिएका लेसुनका लागि पर्याप्त श्रोत र साधनको अभाव थियो। ओलम्पिक सहभागिता उनका लागि सपना थियो। तर, त्यो सहज थिएन। सन् २००९ मा उनले रुसको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाएका थिए। २००९ मै उनले रुसी पासपोर्ट बोक्दै अवसरको उपयोग गरे।

आफ्नै हजुरआमा पनि रसियन भएको तथा थुप्रै आफन्त रसियन भएका कारण आफूलाई रुसी पासपोर्ट बोक्न कुनै अप्ठेरो नलागेको उनले बताएका थिए। ‘मेरो मुटुमा रसियनको बास थियो। मैले त्यहाँको राजनीति र सेनाको कुरा गरेको होइन। आम मानिसको कुरा गरेको हुँ’, रुसी पासपोर्ट बोक्दा गर्व महसुस गरेको बताउँदै उनले भने।

‘मेरो मुटुमा रसियनको बास थियो। मैले त्यहाँको राजनीति र सेनाको कुरा गरेको होइन। आम मानिसको कुरा गरेको हुँ’, रुसी पासपोर्ट बोक्दा गर्व महसुस गरेको बताउँदै उनले भने।

सन् २००९ यता लेसुनले मोडर्न पेन्टाथलनमा १४ विश्व च्याम्पियनसीप पदक जिते। यी मध्यका चार पदक स्वर्ण थिए। सन् २०१६ को रियो ओलम्पिकमा उनी स्वर्ण पदक जित्न सफल भए। यसै फेब्रुअरीको अन्त्यमा उनले रुसका लागि फेरि कहिले पनि नखेल्ने घोषणा गरे।

‘२२ फेब्रुअरीका दिन रुसले युक्रेन आक्रमण गरेको दुई दिनपछि मैले पनि यो कठोर निर्णय गरेको हुँ’, उनले भने, ‘मैले के महसुस गरेँ, त्यो म भन्न सक्दिन। तर, हामी फेरि त्यही पुरानो संसारमा फर्कन सक्ने अवस्था छैन।’

उनले आफ्नो निर्णय आवेगपूर्ण भएको जनाएका छन्। उनले कुनै योजना विना नै यो घोषणा गरेका हुन्। लेसुनको घोषणासँगै अन्य कुनै पनि देशका नागरिकले उनलाई आफ्नो देशमा बोलाएका छैनन्। उनी अहिले खेलसँग सम्बन्धित भन्दा फरक अर्को काममा सक्रिय छन्।

‘२२ फेब्रुअरीका दिन रुसले युक्रेन आक्रमण गरेको दुई दिनपछि मैले पनि यो कठोर निर्णय गरेको हुँ’, उनले भने, ‘मैले के महसुस गरेँ, त्यो म भन्न सक्दिन। तर, हामी फेरि त्यही पुरानो संसारमा फर्कन सक्ने अवस्था छैन।’

रुसले युक्रेनमा गरेको आक्रमणमा असहमति व्यक्त गर्ने उनी थोरै रुसी खेलकर्मी मध्येका एक हुन्। रुसी सरकारको विरुद्धमा बोल्नु जोखिमपूर्ण पनि हो। यसअघि नै युद्ध विरोधी प्रदर्शनमा सहभागी हजारौँ जनालाई गिरफ्तार गरिएको छ। रुसले अहिले नयाँ कानुन ल्याएको छ। उनीहरूकै भाषामा ‘स्पेसल मिलिटरी अपरेसन’ भनिएको त्यस युद्धको विरुद्धमा बोल्ने जो कोहीलाई कठोर कानुन लाग्नसक्छ। लेसुनले आफू नखेल्ने बताए पनि हरेक शब्दमा भने सतर्कता अपनाउने गर्छन्।

उनले रुस भित्रको अवस्था भने अप्ठेरो भएको बताए। पहिले युद्धको विरुद्धमा प्रदर्शन गरेपछि १५ दिन जेल सजायको सम्भावना थियो। अहिले बनेको नयाँ कानुन अनुसार तीन वर्ष या त्यो बढेर १५ वर्षसम्म जेल सजाय हुनसक्छ।
यो नयाँ कानुनले मान्छेले युद्धको विरुद्धमा प्रयोग गर्ने शब्दमा निगरानी बढाएको छ। परन्तु, विभिन्न माध्यमबाट आफ्नो भावनालाई उनीहरूले व्यक्त गर्ने गरेका छन्। टेनिस स्टार मारिया सारापोभा पनि यस सवालमा सतर्क छिन्। उनले शान्तिको आसमा आफूहरू बसेको प्रतिक्रिया दिएकी थिइन्।

पहिले युद्धको विरुद्धमा प्रदर्शन गरेपछि १५ दिन जेल सजायको सम्भावना थियो। अहिले बनेको नयाँ कानुन अनुसार तीन वर्ष या त्यो बढेर १५ वर्षसम्म जेल सजाय हुनसक्छ।

विश्व वरीयतामा छैटौँ स्थानमा रहेका अर्का टेनिस खेलाडी आन्द्रेइ रुबलेभले दुबईमा फेब्रुअरीमा भएको एक खेलको समाप्तिपछि टिभीको क्यामरा लेन्समा ‘नो वार प्लिज’ लेखेका थिए। विश्व वरीयतामा दोस्रो स्थानमा डानियल मेदभेदेभले शान्ति आवश्यक मात्र भनेका छन्।

सेनाको विरुद्धमा गलत सूचना सम्प्रेषण गरेको र अफवाह फैलाएको भन्दै १५ वर्ष जेल सजाय हुनसक्ने प्रावधान बन्नु अगाडि नै उनीहरूले यो प्रतिक्रिया व्यक्त गरेका हुन्। यो नयाँ प्रावधान आएपछि त धेरै रुसी खेलाडी मौन नै छन्।
मेदभेदेभ र रुबलेभले तटस्थ खेलाडीको रूपमा प्रतिस्पर्धा गरिरहेका छन्। धेरै खेल महासङ्घले रुसी खेलाडीलाई पूर्ण प्रतिबन्ध नै लगाएका छन्।

अहिले धेरै रुसी खेलाडी युक्रेनमा भएको हमलाको विरुद्धमा छन्। तर, यसको विरुद्धमा बोलेमा कडा कानुनको सिकार बन्ने डर उनीहरूमा छ। यो युद्ध लामो समय जारी रहँदा उनीहरूको खेल जीवन नै धरापमा परेको छ। कतिपयलाई सरकारले आफ्नो परिवारलाई समेत यातना दिने हो कि भन्ने डर छ।

अहिले धेरै रुसी खेलाडी युक्रेनमा भएको हमलाको विरुद्धमा छन्। तर, यसको विरुद्धमा बोलेमा कडा कानुनको सिकार बन्ने डर उनीहरूमा छ।

धेरै खेलाडी अहिले बन्द कोठामा प्रशिक्षण गरिरहेका छन्। उनीहरूलाई प्रशिक्षकले सिकाउने क्रम त जारी छ। तर, उनीहरूको स्तर मापनका लागि सही प्रतियोगिताको अभाव छ।

त्यहाँ प्रशिक्षणको क्रममा खेलाडीलाई स्व निर्णयको अधिकार पनि कमै छ। धेरै रुसी गणराज्यमा अङ्ग्रेजी भाषाको प्रचलन छैन। प्रशिक्षक नै अङ्ग्रेजी नबुझ्ने पनि छन्। धेरै खेलाडीले खेल र राजनीतिलाई फरक राखेर हेर्नुपर्ने तथा यस किसिमको प्रतिबन्धले आफूहरूलाई मर्कामा परेको गुनासो गरिरहेका छन्।

अन्तर्राष्ट्रिय स्की महासङ्घले मार्च महिनामा रुसी खेलाडी माथि पूर्ण प्रतिबन्धको निर्णय गरेपछि २०२२ को शीतकालीन ओलम्पिकमा तीन स्वर्ण पदक जितेका अलेक्जेन्डर बोल्सुनोभले आक्रोश व्यक्त गरेका छन्। उनले खेल र राजनीतिलाई जोडेर प्रतिबन्ध लगाइएको आरोप व्यक्त गरेका हुन्।

त्यसको एक साता पछि उनीसहित धेरै खेलाडी २०१४ को क्रेमियाको महोत्सवलाई सम्झेर सन् २०१८ को विश्वकप फुटबलको फाइनल खेल भएको मस्कोको रङ्गशालामा उपस्थित भएका थिए।

धेरै खेलाडीले खेल र राजनीतिलाई फरक राखेर हेर्नुपर्ने तथा यस किसिमको प्रतिबन्धले आफूहरूलाई मर्कामा परेको गुनासो गरिरहेका छन्।

त्यस भेलाको नारा ‘नाजीवाद विनाको संसार’ राखिएको थियो। धेरै जेड लेखिएको कार्ड पनि त्यहाँ थिए। जेडको अर्थ युद्ध विरोधी भन्ने नै हो। यसलाई धेरैले रुसी प्रोपोगान्डाको रूपमा पनि लिएका छन्। यी धेरै खेलाडीले राज्यबाट केही पाएका कारण राज्यकै इच्छामा अन्तर्राष्ट्रिय महासङ्घको प्रतिबन्धको विरुद्धमा आवाज उठाएका हुन्।

अमेरिकामा जन्मिए पनि सन् २०१२ देखि रुसको प्रतिनिधित्व गर्दै सन् २०१४ को सोची ओलम्पिकमा स्वर्ण पदक जितेका भिक वाइल्ड त्यस प्रदर्शनमा थिएनन्। तर, उनले पछि राष्ट्रपति भ्लाडिमिर पुटिनलाई छुट्टै भेटेका थिए।

राज्यबाट पाउने सुविधा लिनकै लागि उनलाई खेलकुद मन्त्री ओलेग माटीसेन र हक्की स्टार भियाचेस्लोभ फेटीसोभलाई भेट्न भनिएको थियो। ती नै फेटीसोभ पुटिनको युनाइटेड रसिया पार्टीको महत्त्वपूर्ण सदस्य छन्।

फेटीसोभले नै यस अगाडि रुसी खेलाडीलाई एनएचएलमा खेल्न रोकेका थिए। न्यु जर्सी डेभिल्स र डेट्रोयट रेड विङ्सबाट खेलेका थिए। २०२२ का मार्चमा त एनएचएलले कुनै पनि रुसी खेलाडीलाई खेल्न नदिने निर्णय नै गरेको थियो।

फेटीसोभले भिकलाई रोल मोडल भएको तथा त्यसै अनुसार चल्न सुझाएको थियो। यसको आशय पनि रुसी सरकारको विरुद्धमा नबोल्न तथा सरकारको समन्वयमा काम गर्न अप्रत्यक्ष दबाब फेटीसोभले दिएका थिए। भिक आफै भने धेरै कुरा अनभिज्ञ भएको बताउँछन्। उनी डिप्लोम्याटिक जवाफ दिने क्रममा धेरै कुरा बुझ्न बाँकी रहेको तथा बुझेर मात्र प्रतिक्रिया दिने कुरा गर्दै आएका छन्।

यो आक्रमणलाई संसारका कुनै पनि मानवतावादी व्यक्तिले मन पराएका छैनन्। यी मध्यमा रुसी खेलाडी पनि छन्। सायद उनीहरूका लागि देश छाडेर अर्को देशको पासपोर्ट लिनु पनि सही विकल्प हुनसक्छ। लेसुनको निराशा मात्र अहिले देखिएको हो। यसै मनोदशामा रुसका थुप्रै खेलाडी छन्। एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ७ : ०६ बजे

म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम

काठमाडौं- अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर– भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता

गठबन्धनबाट दुइ-चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व

मिनिट्रक दुर्घटनामा घाइते भएका बालकको मृत्यु

मलेखु– धादिङको नीलकण्ठ नगरपालिका-५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घटनामा परी घाइते

पूर्वेली दर्शक भेट्न निस्किए ‘डिग्री माइला’का कलाकार

काठमाडौं– नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’का बारेमा