कर्णालीमा स्थानीय चुनाव लड्ने दलको सङ्ख्या कम, मतदाता कुन जिल्लामा कति ? « Khabarhub

कर्णालीमा स्थानीय चुनाव लड्ने दलको सङ्ख्या कम, मतदाता कुन जिल्लामा कति ?


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्या समेत कम छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।

रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए ।

डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९ , पुरुष ११ हजार ६१ जना रहेका छन् । त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन् । रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन् ।

सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ । जाजरकोटमा महिलाको संख्या ४९ हजार ९, पुरुषको संख्या ५४ हजार ८ सय ५८ छ । दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ ।

कर्णाली प्रदेश भरीको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ । ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जुम्लामा, हुम्लामा र कालिकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको साइटमा राखिएको छैन।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ०२ बजे

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप

संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न ओलीको अपिल

कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

सिरहामा भदौ २४ कै दृश्य : प्रदर्शनकारीले लगाइदिए एबी मलमा आगो

काठमाडौं- सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट एकजना युवकको मृत्यु भएपछि तनाव

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक