पोखरामा मेयर/उपमेयर छान्न एमालेको मनोनयन दर्ता सकियो « Khabarhub

पोखरामा मेयर/उपमेयर छान्न एमालेको मनोनयन दर्ता सकियो


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – एमालेले आज मतदानबाट पोखराको मेयर र उपमेयरको नाम सिफारिस गर्ने भएको छ । निर्वाचन कमिटीका अनुसार मेयरमा १२ र उपमेयरमा नाैजनाले नाम दर्ता गराएका छन् ।

मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, सावित्री भण्डारी, विश्वकल्याण पराजुली, बालासिंह काउछा मगर र पुष्पराज अधिकारीले उम्मेद्वारी दिएका हुन् । उनीहरू सबैजना मंगलबार पनि आकांक्षीको नाम टिपाएका व्यक्ति हुन् ।

उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाको मनोनयन परेको छ । यसअघि आकांक्षा देखाएका सञ्जीवबहादुर कोइराला, बैनबहादुर अधिकारी, हरिमाया गुरुङ पनि थिए । उनीहरूले मनोनयन भने दर्ता गरेनन् । विनकुमारी गुरुङले यसअघि आकांक्षीको नाम नटिपाए पनि अहिले मनोनयन दर्ता गरेकी छिन् ।

अहिले अझै आकांक्षीलाई मिलाउने प्रयास भइरहेको छ । सर्वसम्मत हुन नसके यहाँ दुई गुटबीच प्रतिश्पर्धा हुने छ । केन्द्रीय सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आ-आफ्ना प्यानल बनाउने बुझिएको छ । स्राेतका अनुसार अधिकारी ग्रुपबाट मेयरमा दर्शन लामा, कृष्ण थापा र सावित्री भण्डारी तथा गुरुङको प्यानलबाट पुष्पज्योति ढुंगाना, मीना गुरुङको नाम पक्का जस्तै छ । अर्को एकजना अझै खोजी भइरहेको छ । अहिले गुरुङ प्यानलको बैठक साइमन पार्टी प्यालेसमा बसिरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ११ : ४६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील