स्थानीय स्तरको आवश्यकताको आधारमा गठबन्धन गरौँ : नेता महर « Khabarhub

स्थानीय स्तरको आवश्यकताको आधारमा गठबन्धन गरौँ : नेता महर


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनमा स्थानीय नेता/कार्यकर्ताको परामर्शका आधारमा तालमेलको निर्णय हुनुपर्ने बताएका छन्।

बुढानीलकण्ठ नगरपालिका-१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा नेता महरले स्थानीय स्तरको वास्तविक वस्तुस्थिति थाहा हुने स्थानीय नेता/कार्यकर्ताको भावनाअनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्।

‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ। मन बन्धन भएन भने गठबन्धनको औचित्य हुँदैन। मनै नमिलेर गठबन्धन गर्दा सहजै जित्न सकिँदैन। त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ महरले भने। उनले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन्।

‘प्रत्येक पार्टीको अस्तित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ। हामी भावनामा बग्नु हुँदैन। वैचारिक समीक्षा गर्नुपर्छ,’ महरले भने।

‘गाउँगाउँ जाऔं, कांग्रेस जिताऔं’ अभियानका क्रममा जनता एमालेप्रति आजित भएको पाएको उनले सुनाए। ‘अभियानका क्रममा एक लाख ६३ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। हामीले कतै हल्ला गरेनौँ। ओलीले जस्तो एक जना पार्टी प्रवेश गर्दा हामी हल्ला गर्दैनौँ।,’ महरले भने, ‘ काम गर्नेहरू बोल्दैनन्। काम गरेर जनताको मन जित्न चाहन्छन्। काम नगर्नेहरू भ्रमको खेती गर्छन्। ओलीको भ्रमको खेती अहिले उदाङ्गो भइसक्यो।,’

कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको ठुलो विश्वास जितेको भए पनि देशको हितका लागि गठबन्धन गरेको उनले बताए। देशमा राजनीतिक अस्थिरता नहोस् भनेर आफूहरू गठबन्धनबाट घाटै बेहोरेर भए पनि चुनावमा जान तयार रहेको बताए।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १२ : ११ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील