पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी दाबी « Khabarhub

पूर्वका दुई शहर कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी दाबी


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनका पोपास्ना र रुबिज्ने शहरलाई कब्जा गर्ने रुसी प्रयास विफल पारिएको युक्रेनी सेनाले जनाएको छ । युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै पूर्वी युक्रेनको डोनेत्स्क र टाभ्रिया क्षेत्रमा रहेका ती शहरलाई कब्जा गर्ने रुसी प्रयासलाई असफल पारेको जनाएको हो ।

बीबीसीका अनुसार पछिल्लो २४ घण्टामा पूर्वी युक्रेनमा रुसी फौजका आठ आक्रमण असफल पारिएको युक्रेनी फौजको दाबी छ ।

यसक्रममा युक्रेनी फौजले रुसका चार ट्यांक, ६ बख्तरबन्द गाडी, चार सैनिक सवारी साधन र एक आर्टिलरी प्रणाली ध्वस्त पारेको युक्रेनी सेनाले जनाएको छ ।

यद्यपि युक्रेनी फौजको दाबीको स्वतन्त्र पुष्टि भने नभएको बताइएको छ ।

पछिल्ला केही दिनयता रुसले राजधानी किभ आसपासबाट आफ्ना सैनिक फिर्ता बोलाएर आक्रमणलाई पूर्वी तथा दक्षिण युक्रेनतर्फ केन्द्रित गर्दै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : २४ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत