‘नेपाल मैत्रिपूर्ण सहकार्यको बगैँचा हुनुपर्छ, भूराजनीतिक खेलको रणमैदान होइन’– चिनियाँ राजदूत « Khabarhub

‘नेपाल मैत्रिपूर्ण सहकार्यको बगैँचा हुनुपर्छ, भूराजनीतिक खेलको रणमैदान होइन’– चिनियाँ राजदूत


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भू राजनीतिको रणमैदान हुन नहुने बताएकी छिन् ।

चीनको सरकार सञ्चालित ग्लोबल टाइम्सलाई दिएको अन्तरवार्तामा उनले नेपाल मुलुकहरूबीच मैत्रीपूर्ण सहकार्यको बगैँचा हुनुपर्ने टिप्पणी गरिन् । संसद्ले हालै एमसीसी पारित गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

नेपाल र चीन दुबै मुलुकले सडक, विमानस्थल, विद्युतजस्ता पूर्वाधारको निर्माणमा सहकार्य गरेको भन्दै उनले दुई मुलुकबीचको सहकार्यमा कसैले पनि बाधा हाल्न नसक्ने बताइन् ।

नेपाल चीनको असर छिमेकी र मित्र रहेको उल्लेख गर्दै दुबै मुलुकले एक अर्काको सार्वभौमिकता एवम् भौगोलिक अखण्डताको सम्मान गर्दै आएको समेत बताइन् ।

अन्तर्राष्ट्रिय अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा नेपाल र चीन दुबै मुलुकका अगाडि महामारीविरुद्ध लड्ने र आर्थिक एवम् सामाजिक विकासलाई प्रोत्साहन गर्ने महत्वपूर्ण चुनौति रहेको उनको भनाइ छ ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबाट चीनले नेपाललाई दिएको महत्व र सहयोगको प्रतिविम्ब झल्किने समेत उनले बताइन् ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ५० बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा