उत्तर प्रदेश ११ नेपाल प्रो क्लब क्रिकेट प्रतियोगितामा तेस्रो « Khabarhub

उत्तर प्रदेश ११ नेपाल प्रो क्लब क्रिकेट प्रतियोगितामा तेस्रो


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर प्रदेश ११ ले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शुक्रबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उत्तर प्रदेशले नेपाल आर्मी क्लबलाई ३० रनले पराजित गरेको हो ।

१ सय ४० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको नेपाल आर्मी १८ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ९ रनमा समेटियो । नेपाल आर्मीका लागि कुशल मल्लले ३५ रन र भीम सार्कीले ११ रन जोडे ।

नेपाल आर्मीलाई सस्तैमा समेट्न उत्तर प्रदेशका तेजस सिंह र विपिन चन्द्रले ३–३ विकेट, दिव्य सिंहले २ तथा सन्दीप मित्तल र प्रिन्स शाहीले १–१ विकेट लिए । 

टस जितेर ब्याटिङ रोजेको उत्तर प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो । उसका लागि सन्दीप मित्तलले ४३ रन र सन्नी सिंहले २६ रन जाडे ।

नेपाल आर्मीका लागि सोमपाल कामीले ३ तथा शाहब आलम र सुसन भारीले २–२ विकेट लिए ।

उत्तर प्रदेशका तेजस सिंह म्यान अफ द म्याच घोषित भए । तेस्रो भएको उत्तर प्रदेशले ५० हजार रुपैयाँ पुरस्कारराशी प्राप्त गर्यो । चौथो स्थान प्राप्त गरेको नेपाल आर्मीले २५ हजार रुपैयाँमा चित्त बुझायो ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  १ : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु