एमसीसीभन्दा बढी अनुदान यूएसएआईडीमार्फत् आउँदै « Khabarhub

एमसीसीभन्दा बढी अनुदान यूएसएआईडीमार्फत् आउँदै


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग यूएसएआईडी बाट करिब ८० अर्ब रुपैयाँको सहयोग पाउने भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यूएसएआईडीमार्फत् आउने यो अनुदान रकम स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

अमेरिकी डलर ६ सय ५९ मिलियन अर्थात् करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान प्राप्त हुन लागेको हो ।

यूएसएआईडीको यो अनुदान रकम चर्चित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगभन्दा पनि बढी हो ।

एमसीसीले पाँच सय मिलियन डलर अर्थात् करिब ६१ अर्ब रुपैयाँ अनुदान दिएको छ ।

एमसीसी र यूएसएआईडी दुवै अमेरिकी नियोगहरू हुन् ।

यूएसएआईडीले नेपालका स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ९ : ४८ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा