आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा  « Khabarhub

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएको छ ।  सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार  बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ।  

अस्पतालमा आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द हुने भएको हो। केही अस्पतालहरूले भने आइतबार पनि ओपिडी सेवा दिने भएका छन् । आइतबार पनि बिदा दिनेमा कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पताल रहेका छन् । 

आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजे देखि अपरान्ह ४ः३० बजेसम्म मात्रै कायम हुनेछ।

 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : १२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा