आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा  « Khabarhub

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयनमा 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आजबाट सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएको छ ।  सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।

आजबाट अस्पताल र स्वास्थ्य संस्थामा पनि शनिबार र आइतबार  बिदा हुने भएको छ। अस्पताल र स्वास्थ्य संस्थामा आइतबार बिदा हुने विषय राजपत्रमा प्रकाशित भइसकेको छ।  

अस्पतालमा आइतबार र शनिबार आकस्मिक बाहेकका ओपिडी लगायतका सेवा बन्द हुने भएको हो। केही अस्पतालहरूले भने आइतबार पनि ओपिडी सेवा दिने भएका छन् । आइतबार पनि बिदा दिनेमा कर्णाली प्रदेश अस्पताल, कान्ति बाल अस्पताल रहेका छन् । 

आइतबार बिदा दिने कार्यान्वयनमा आएसँगै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कायम हुने भएको छ। तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजे देखि अपरान्ह ४ः३० बजेसम्म मात्रै कायम हुनेछ।

 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : १२ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर