चेन्नाई पाँचौँ जितको खोजीमा « Khabarhub

चेन्नाई पाँचौँ जितको खोजीमा


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपिएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने खेलमा चेन्नाई सुपर किङ्ग्स र गुजरात टाईटन्स भिड्दैछन् । चेन्नाई र गुजरातबीचको खेल दिउँसो पौने ४ बजे हुनेछ । गुजरात आफ्नो दशौँ जितको खोजीमा छ भने चेन्नाई पाँचौँ जित निकाल्न चाहन्छ । 

गुजरात जित निकाल्दै प्ले अफमा उत्कृष्ट २ मा आफ्नो स्थान पक्का गर्न चाहन्छ । यता चेन्नाई भने अत्याधिक जित र राम्रो प्रदर्शन गर्दै यस सिजनको आईपीएलको सुखद अन्त्य गर्ने योजनामा छ । गुजरात १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने चेन्नाई ८ अङ्कसहित ९ औँ स्थानमा छ । 

मुम्बईको ब्रेबोर्न स्टेडियममा हुने खेलमा लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र राजस्थानबीचको खेल आज राति पौने ८ बजे हुनेछ । लखनउ ९ औँ जितको खोजीमा छ भने राजस्थान ८ औँ जितको खोजीमा छ ।

 प्ले अफमा उत्कृष्ट २ मा पर्न लखनउ र राजस्थान मैदानमा प्रतिस्पर्धा गर्नेछन् । लखनउ १६ अङ्कसहित दोस्रो स्थानमा छ भने राजस्थान १४ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : २२ बजे

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत