जुम्लाको तिला गाउँपालिकामा माओवादीको अग्रता  « Khabarhub

जुम्लाको तिला गाउँपालिकामा माओवादीको अग्रता 


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलंगा– जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाएका छन्। नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले २८४ मत प्राप्त गरेका छन् । 

त्यस्तै एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रेशमबहादुर शाहीले २५६ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका धनबहादुर रावतले दुई मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढाले ५५२ मत पाउँदा कांग्रेसकी सुष्मा श्रेष्ठ रोकायाले २८१ र एमालेकी जुनमाया बोहोराले २३९ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी यस गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका जंगबहादुर बस्नेत विजयी भए । उनी ३४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मिन बहादुर रावलले  जानकारी दिए । 

त्यस्तै २ नं वडामा नेपाली कांग्रेसका चन्द्रबहादुर बोहोरा वडा अध्यक्षमा विजयी भएका छन् । 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : २९ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित