रसुवाको पाँचवटै गाउँपालिकामा मतगणना जारी, तीनवटामा एमाले र दुईमा कांग्रेसको अग्रता « Khabarhub

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणना जारी, तीनवटामा एमाले र दुईमा कांग्रेसको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । स्थानीय तह निर्वाचनको शुक्रबार भएको मतदानको जिल्लाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । तीनवटा पालिकामा एमाले र दुईवटामा कांग्रेसको अग्रता छ ।

साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा एमाले तथा कालिका र नौकुण्ड गाउँपालिकामा कांग्रेसको अग्रता छ । 

कालिका गाउँपालिकामा अध्यक्षमा १२ सय ५४ मतसहित कांग्रेस अगाडि छ । एमालेको ११ सय ४९ मतसहित दोस्रो र ११ सय ३६ मतसहित माओवादी तेस्रो स्थानमा छ । उपाध्यक्षमा १६ सय २८ मतसहित कांग्रेस पहिलो, नौ सय तीन मतसहित एमाले दोस्रो र ५ सय ६८ मतसहित एकीकृत समाजवादी तेस्रो छ । 

आमाछोदिङ्मोको अध्यक्षमा नौ सय ४३ मतसहित एमाले पहिलो, नौ सय २८ मतसहित कांग्रेस दोस्रो र तीन सय ६२ मत ल्याएर माओवादी तेस्रो छ । उपाध्यक्षमा आठ सय ४५ मतसहित कांग्रेस पहिलो, ६ सय ३३ मतसहित माओवादी दोस्रो र ६ सय २८ मतसहित एमाले तेस्रो स्थानमा छ । 

उत्तरगयामा अध्यक्षमा १४ सय ५७ मतसहित एमाले पहिलो र १२ सय ५४ मतसहित कांग्रेस दोस्रो छ । उपाध्यक्षमा १५ सय ३५ मतसहित एमाले पहिलो र १२ सय ५० मतसहित कांग्रेस दोस्रो स्थानमा छ । 

नौकुण्डको अध्यक्षमा १४ सय ५७ मतका साथ कांग्रेस पहिलो र नौ सय ३५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा आठ सय ४३ मतसहित एमाले पहिलो र ६ सय ८१ मतसहित जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । 

गोसाइँकुण्डको अध्यक्षमा नौ सय ४४ मतका साथ एमाले पहिलो र नौ सय पाँच मतसहित कांग्रेस दोस्रो स्थानमा छ । उपाध्यक्षमा नौ सय ७२ मतका साथ एमाले पहिलो र आठ सय ७७ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  २ : ०१ बजे

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२