वडा सदस्यमै हारे पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान « Khabarhub

वडा सदस्यमै हारे पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले वडा सदस्यमै पराजित भएका छन् । 

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ बाट नेकपा एमालेको तर्फबाट खुला वडा सदस्य लडेका पौडेललाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । 

जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति समेत भइसकेका पौडेललाई वालिङ–१ मा खसेको १ हजार ८ सय ३४ मतमा पौडेलले ६ सय ४५ मत पाएका थिए । यस्तै, उनलाई पराजित गरेका अर्यालले १ हजार १ सय १२ मत पाएका थिए । उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ। 

वालिङ नगरको मेयरमा दोस्रो कार्यकालका लागि कांग्रेसबाट दिलिपप्रताप खाँण र एमालेका कृष्ण खाँण उम्मेदवार छन्। वडा सदस्य निर्वाचित भएर जिल्ला समन्वय समितिमा जाने लक्ष्य राखेका पौडेलले पराजित भएपछि निर्वाचनमा हारजित स्वाभाविक भएको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले चुनावमा होमिएपछि जित र हार स्वाभाविक प्रक्रिया रहेको उल्लेख गरेका छन् । 

 ‘जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो। सबै साथीहरू धैर्य बनौँ’ पौडेलले फेसबुकमा लेख्छन्,’अभियानमा सहयोग गर्नु हुने र मतदान गर्नु हुने सबैमा धन्यवाद ।’

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ३ : ५० बजे

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६