भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट « Khabarhub

भोट नहालेको भन्दै कांग्रेसका उम्मेदवार रोकायाले गरे सर्वसाधारणमाथि कुटपिट


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाली कांग्रेस पार्टीबाट चन्दननाथ नगरपालिका–८ बाट अध्यक्षमा उम्मेदवारी दिएका रुपबहादुर रोकायाले कार्यकर्तामाथि कुटपिट गरेका छन् । रोकायाले आफूलाई भोट नदिएको भन्दै चन्दननाथ नगरपालिका-८ का कुमारविक्रम शाही र कमल बोहोरामाथि कुटपिट गरेका हुन् ।

रोकायाले भोट नहालेर धोका दिएको भन्दै कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटाइबाट शाही घाईते भएका छन् । उपचारका लागि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।

रोकायाले कुटपिट गरेका भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । उजुरीमा उनीमाथि आवश्यक कारवाहीको माग गरिएको छ । पीडित शाहीले रोकायाले फोन गरेर काम छ भन्दै बोलाएर कुटपिट गरेको बताए । पछि फेरि घरमा छलफल गरौँला भन्दै घरभित्र थुनेर सामूहिक कुटपिट गरेको प्रहरीमा दिएको उजुरी उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते कुमार विक्रम शाहीको घाउ जाँच गर्न अस्पतालमा पठाएको र अनुसन्धान भइरहेको बताए । जुम्लाका प्रहरी निरीक्षक भुवन भट्टले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ३७ बजे

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२