हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘अट्याक’  « Khabarhub

हलमा फ्लप भएपछि ओटीटीमा आउँदै ‘अट्याक’ 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जोन अब्राहम अभिनीत फिल्महरूले पछिल्लो समय राम्रो व्यापार गर्न सकेको छैन ।

फिल्म उद्योगमा दुई दशक बिताइसकेका जोनले यस अवधिमा उनले थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्, तर पछिल्लो समय उनी अभिनीत फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् ।

जोन अभिनीत पछिल्लो फिल्म ‘अट्याक’ ले बक्स अफिसमा खासै राम्रो कलेक्सन गर्न सकेन । यसैले उनको फिल्म ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज हुने भएको छ । 

ज्याकलिन फर्नान्डेज र कुल प्रीत सिंहको अभिनय रहेको फिल्मलाई जी फाइभ मे २७ मा हेर्न पाइने छ । जी फाइभले पछिल्लो समय एकपछि अर्को फिल्म रिलिज गरिरहेको छ । झुण्ड, द कश्मीर फाइल्स, आरआरआर पश्चात अट्याक रिलिज गर्न लागिएको हो ।

मे महिनामा मात्र जी फाइभ यी चार फिल्म प्रदर्शन गरेको हो । लक्ष्यराज आनन्द निर्देशित फिल्म अट्याकमा एक सैनिकको कथा देखाइएको छ । सेनाले देशलाई गर्ने माया नै फिल्मको मुख्य विषयवस्तु हो ।

यद्यपि फिल्मलाई दर्शकले हलमा भने खासै साथ दिएनन् । फलतः यो फिल्म पनि जोनको ‘फ्लप’ मा समावेश भयो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ०९ बजे

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज