अक्षयमा देखियो ‘कोरोना पोजेटिभ’ « Khabarhub

अक्षयमा देखियो ‘कोरोना पोजेटिभ’


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारले प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने नपाउने भएका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पोजेटिभ भएको कारणले गर्दा कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन नसक्ने बताएका छन् । दोस्रो पटक कोरोना महामारीको शिकार भएका अक्षयले ट्विटमा आफू सहभागी हुने चाहना पुरा नभएकोमा दुःख व्यक्त गरेका हुन् । 

‘कान्स २०२२ को इन्डिया प्याभिलियन हाम्रो सिनेमा उद्योगको लागि धेरै उत्सुक विषय थियो । तर, दुःखको कुरा के छ भने मलाई कोरोना पोजेटिभ देखिएको छ । अनुराग ठाकुर तपाईं र तपाईंको सम्पूर्ण टिमलाई फेस्टिभलको लागि धेरै शुभकामना । म त्यहाँ उपस्थित हुन नपाउँदा फेस्टिभललाई धेरै मिस गर्नेछु’ अक्षयले ट्विटमा लेखेका छन् ।

उनलाई अघिल्लो वर्ष पनि कोरोना टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । अक्षयलाई उनको फिल्म राम सेतुको सुटिङका क्रममा कोरोना सङ्क्रमण भएको थियो ।

उनी बाहेक फिल्मका केही सदस्यहरूमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि फिल्मको सुटिङ  रोकिएको थियो  ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : १३ बजे

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज