जुनसुकै हालतमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ : मुख्यमन्त्री राउत « Khabarhub

जुनसुकै हालतमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ : मुख्यमन्त्री राउत


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग निजगढ सार्वजनिक सरोकार समिति र स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले निजगढ विमानस्थल निर्माणको वातावरण बनाइदिन आग्रह गरेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि निर्माण कार्य प्रभावित रहेको बेला दुवै समितिका अगुवाहरू प्रदेश राजधानी जनकपुर पुगेर मुख्यमन्त्री राउतलाई ज्ञापन पत्र बुझाउँदै उक्त आग्रह गरेका हुन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले विमानस्थल निर्माणका लागि मधेस प्रदेशबाट पूर्ण सहयोग हुने बताए ।  विमानस्थल निर्माण भए मधेसको आर्थिक, पर्यटन र विकासको मेरुदण्ड हुने उनको भनाइ छ ।

‘कुनै पनि हालतमा निजगढ विमानस्थल बन्नुपर्छ र कुनै बहानाले यो आयोजनालाई आलटाल गर्नुहुन्न । कोही कसैले स्थान परिवर्तन गर्ने सोचेको छ भने यो हुन दिनुहुन्न’, मुख्यमन्त्री राउतले मंगलबार भने ।

प्रदेश सांसद रामबाबु यादवले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिए ।  उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नरहेको बताए ।

समितिहरूले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पर्यटन मन्त्री प्रेमबहादुर आले, अर्थमन्त्री जनार्दन शर्मा, वन मन्त्री रामसहाय प्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायतलाई ज्ञापन पत्र बुझाएका छन् ।

विमानस्थल निर्माणको सुनिश्चितता नभए आन्दोलन गर्ने निजगढ सरोकार समिति संयोजक एकबहादुर श्रेष्ठले बताए ।

उनले वातावरणीय सन्तुलन कायम गर्दै विमानस्थललाई ‘ग्रिन एयरपोर्ट’ बनाउने चाहना रहेकाले विमानस्थल निर्माणमा पहल गरिदिन सबै दल र पक्षलाई आग्रह गरिएको उनले बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ४३ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा