करेन्ट लागेर दुई जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर दुई जनाको मृत्यु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं र बाग्लुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । सुन्दरीजल मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाग्लुङको बडीगाड गाउँपालिका–२ सकनेरा बस्ने ३२ वर्षीय छबिलाल बलामीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । सोही गाउँपालिका–५ न्वारास्थित खोलामा ६ जना व्यक्तिहरु माछा मार्न गएकोमा छबिलालको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ग्वालिचौरबाट खटिएको प्रहरीले मृतकसँग गएका ५ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ४० बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र