बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि « Khabarhub

बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- बागमती प्रदेश सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामती सरह १५ प्रतिशत बढाइएको जानकारी दिए ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामती र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाएको उनले बताए । प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जमरकट्टेलको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : २८ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको