पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग « Khabarhub

पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

पोखरामा विरोध प्रदर्शन सहित बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत राप्रपाले मागपत्र पठाएको हो । दैनिक उपभोग्य सामपोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग
ग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्था सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राप्रपाको छ ।

कृषकले मल, बिऊविजन नपाउदा समस्या परेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ । शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमिहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने राप्रपाको माग छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, देशभरी भत्काइएका शालिकको संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता गम्भीर माग राप्रपाको छ । राप्रपाले प्रत्येक घरमा एकजनालाई रोजगारी दिनुपर्ने आवाज उठाएको छ भने कर खारेजी मागेको छ ।

सीमा क्षेत्रमा भएका अतिक्रमित भूमि फिर्ता लिन कूटनीतिक पहल गर्नका लागि दबाव समेत दिएको छ ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ज्ञापन पत्र बुझाए । बुधबार सिर्जनाचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ०५ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन