निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक बस्दै « Khabarhub

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक बस्दै


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ ।

समिति गठन भएको चौथो दिन आज बिहान १० बजे बैठक बस्न लागेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्।

हिजो बसेको बैठकले सात दिनभित्र गरिसक्ने कामको कार्यतालिका बनाएर पारित गरेको थियो । त्यसअनुसार आज तीन चरणमा बैठक बस्ने उनले बताए ।

समितिले आवश्यक कागजात हिजो २ बजेसम्म बुझाइसक्न भनेको थियो। तर मन्त्रालयले कागजात उपलब्ध गराउन ढिलाई गरेको थियो।छानबिन समितिले बजेटसम्बन्धी सम्पूर्ण कागजातसहित सिसिटिभी फुटेजको भिडिओ उपलब्ध गराउन मन्त्रालयलाई भनेको थियो।

बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न गठित समितिले १० दिनको कार्यादेश पाएको छ। शर्माले सो समितिलाई सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिनमा सघाउने भन्दै राजीनामा दिएका थिए।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : २५ बजे

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३