लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा « Khabarhub

लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।

बिहीबार सदरमुकाम बेसीसहरमा आयोजित एक कार्यक्रमकाबीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै बालबालिकाले लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको मान्ने गरिन्छ ।

तोकिएको मापदण्डअनुसार यस वर्ष लमजुङका एक हजार पाँच सय ८० जना खोप लगाउनुपर्ने सबै बालबालिकाले खोप लगाएकाले लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । उनले भने, ‘लमजुङका आठवटै स्थानीय तहले पूर्ण खोप घोषणा गरेसँगै जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चतता दिगोपना जिल्ला घोषणा गरिएको हो ।’

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा रोगविरुद्धको खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्ण रूपमा लगाएको हुनुपर्दछ । लमजुङलाई २६ पुस ०७३ पूर्णखोप जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : १४ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले