लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा « Khabarhub

लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।

बिहीबार सदरमुकाम बेसीसहरमा आयोजित एक कार्यक्रमकाबीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै बालबालिकाले लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको मान्ने गरिन्छ ।

तोकिएको मापदण्डअनुसार यस वर्ष लमजुङका एक हजार पाँच सय ८० जना खोप लगाउनुपर्ने सबै बालबालिकाले खोप लगाएकाले लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । उनले भने, ‘लमजुङका आठवटै स्थानीय तहले पूर्ण खोप घोषणा गरेसँगै जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चतता दिगोपना जिल्ला घोषणा गरिएको हो ।’

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा रोगविरुद्धको खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्ण रूपमा लगाएको हुनुपर्दछ । लमजुङलाई २६ पुस ०७३ पूर्णखोप जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : १४ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान