आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ « Khabarhub

आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ सकिँदैछ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको इजलासमा मुद्दा पाँचौँपटक सुनुवाइ हुन लागेको हो। आज रिट निवेदक विश्वराज पोखरेलतर्फका कानून व्यवसायीले जवाफ दिनेछन् ।

आज जवाफी बहस सकिएपछि कामु प्रधानन्यायाधीश कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउनेछ।

आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

रिटमा पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गरेका छन् । उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उनले रिट दायर गरेका छन् ।

सरकारले वैशाख १८ मा सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ४७ बजे

कांग्रेस महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन, आत्मसमीक्षा गर्ने थलो हो : उपसभापति भुसाल

काठमाडौँ – नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको जारी १५औँ

दसैँ नजिकिएसँगै काठमाडौँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डप लगायतका अन्य विभिन्न खुला बजारमा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन