गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना  « Khabarhub

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।

गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो।

नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताए। ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन्। नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उनले भने ।

उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्। आन्दोलनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू छन्। उनीहरूले एक घण्टा धर्ना दिने जनाएका छन्।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ४६ बजे

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३