राप्रपानिकट महिला संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र | Khabarhub Khabarhub

राप्रपानिकट महिला संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले शुक्रबार महिला हकहित, अधिकार, महिला हिंसा र सुरक्षासंग सम्बन्धित विभिन्न माग राखी गृहमन्त्री बालकृष्ण खाँड समक्ष ज्ञापनपत्र बुझाएको छ । 

संगठनकी अध्यक्ष अञ्जना शाह रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा पार्टीकी महामन्त्री कुन्ती कुमारी शाहीको पनि उपस्थिति थियो । १३ असारदेखि राप्रपा चरणबद्ध आन्दोलनमा छ । राप्रपाको केन्द्र, जिल्ला, प्रदेश र विभिन्न भातृ संगठनहरू १३ असार, १७ असार, १९ असार, २२ असार, २४ असार, २७ असारमा सडक प्रदर्शन गरेको छ । 

यसक्रममा महिला संगठन पनि आफ्नो सरोकारका विषयलाई लिएर आन्दोलित भएको हो ।  १ असारमा २ सूत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो । 

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजिविकासँग सम्बन्धित विविध माग राखेको छ ।

यसको अलावा राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई निष्पक्ष बनाउन निष्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्रमा बुझाएको थियो ।

राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ४२ बजे

माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष मुखियाको निधन

रौतहट– रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको

राष्ट्रपति पौडेल पोखरामा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कास्कीको पोखरा पुगेका छन् । पोखरा

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर

रोमाञ्चक बन्दै च्याम्पियन्स ट्रफी : को बन्दैछ स्टार ?

हाइब्रिड मोडलमा पाकिस्तान र युएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट जारी

महायज्ञबाट ४३ लाख बढी संकलन

तनहुँ– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित