आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने गण्डकी सरकारको घोषणा  « Khabarhub

आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने गण्डकी सरकारको घोषणा 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारले आउँदो वर्ष दुई सय किलोमिटरभन्दा बढी पक्की सडक बनाउने भएको छ । आगामी वर्ष २०७९-८० मा दुई सय ६ किलोमिटर सडक कालोपत्रे गर्ने सरकारले बजेट वक्तव्य मार्फत घोषणा गरेको हो ।

त्यसबाहेक २० वटा सडक पुल निर्माण गर्ने लक्ष्य छ । दुवै कामका लागि एकमुष्ट १० अर्ब विनियोजन गरिएको छ । हालसम्म सडक सन्जालले नछोएका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकामा सडक विस्तारको अध्ययन गर्न दुई करोड विनियोजन भएको छ ।

आगामी वर्ष झोलुंगे पुल निर्माण गर्न १५ करोड छुट्याएको छ । नेपाल सरकारसँगको सहकार्यमा उत्तर दक्षिण द्रुतमार्गअन्तर्गत भीमाददेखि डेढगाउँ हुँदै त्रिवेणी जोड्ने सडक, शालिग्राम करिडोरलगायतका सडकमा प्राथमिकता दिने भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले बताए । उनका अनुसार चालू वर्षमा ९५ किलोमिटर सडक कालोपत्रे भएको छ भने एक सय ८५ किलोमिटर ग्राभेल भएको छ । आठवटा सडक पुल र चारवटा झोलुंगे पुल निर्माण भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । पोखरामा प्रदेशस्तरीय बसपार्क निर्माणको थालनी आउँदो वर्षबाट गरिने बताइएको छ ।

नार्पाभूमिचुमनुब्रीमा सरकार गठन भएकै दिन दुई वर्षभित्र सडक सन्जाल पुर्‍याउने घोषणा गरिएको थियो । तर हालसम्म कुनै प्रगति भएको छैन । हरेक वर्ष बजेट विनियोजन हुन्छ, तर कार्यान्वयन हुँदैन । नार्पाभूमि पुग्ने सडक बनाउन अघिल्लो वर्ष पनि आठ करोड छुट्याइएको थियो । तर काम भएन । अहिले गाउँपालिकाले आफै डोजर किनेर सडक खन्न थालेको छ ।

‘सरकारसँग धेरैपटक भन्यौँ । पैसा पनि आयो, तर काम गर्न पाइएन । एक्यापका कारण सडक खन्न मिलेन,’ अध्यक्ष कोन्जो तेन्जिङ लामाले भने, ‘केही उपाय नलागेपछि पालिकाले नै डोजर किनेको छ । विस्तारै खन्न थालेको छ ।’

चुमनुब्री गाउँपालिकाको सीमानाभन्दा चार किलोमिटर वर मात्रै सडक पुगेको छ । तर त्यहाँ पनि मर्स्याङ्दी नदीमा पुल नबनेका कारण गाडी जान सक्दैन । स्थानीयहरू कोतोबाट हिँडेर गाउँ जान्छन् । नार र फू गरी दुई गाउँ रहेको यो पालिका जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा सानो पालिका हो ।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १ : ४६ बजे

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।