विश्वव्यापी आर्थिक संकटको त्रास : चीनको आर्थिक वृद्धिदर अनपेक्षित सुस्त « Khabarhub

विश्वव्यापी आर्थिक संकटको त्रास : चीनको आर्थिक वृद्धिदर अनपेक्षित सुस्त


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको आर्थिक वृद्धि चालु आर्थिक वर्ष सन् २०२२ को दोस्रो त्रैमासिकमा सुस्त बन्न पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

कोरोना भाइरसको पछिल्लो लहरका बेला शून्य कोभिड नीति अपनाउँदै चीनले विभिन्न ठूला सहरहरुमा लकडाउन गरेसँगै चीनको आर्थिक वृद्धि सुस्त बन्न पुगेको हो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसबाट उत्पन्न विश्वव्यापी आर्थिक कठिनाइहरुका कारण चिनियाँ अर्थतन्त्र दबाबमा रहेको बताइन्छ ।

यो वर्षको अप्रिलदेखि जुन महिनासम्म चीनको कूल ग्राहस्थ उत्पादन केबल शून्य दशमलब ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

शुक्रबार प्रकाशित नयाँ तथ्यांकले चिनियाँ अर्थतन्त्रको धुमिल छवि प्रस्तुत गरेको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सन् १९९२ मा चीनले तथ्यांक राख्न थालेयता यो त्रैमासिकमा दोस्रो सबैभन्दा सुस्त आर्थिक वृद्धि रेकर्ड गरिएको रोयटर्सले जनाएको छ ।

यसअघि कोरोना भाइरसको महामारीका बेला सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.९ प्रतिशतले संकुचित भएको थियो ।

रोयटर्सका अनुसार यो त्रैमासिकमा चीनको कूल ग्राहस्थ उत्पादन १ प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो । अघिल्लो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ४ दशमलब ८ प्रतिशतले वृद्धि भएको तथ्यांक प्रकाशित गरिएको थियो ।

चीनले यो वर्षको मार्च र अप्रिल महिनामा कोरोना भाइरसको नयाँ लहर देखिएसँगै मुलुकका विभिन्न मुख्य सहरमा लकडाउनको घोषणा गरेको थियो ।

लकडाउन लागू गरिएको चीनको मुख्य वित्तीय केन्द्र साङ्घाईको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा १३ दशमलब ७ प्रतिशतले संकुचित भएको छ । त्यस्तै, सोही अवधिमा राजधानी बेइजिङको वृद्धि २ दशमलब ९ प्रतिशतले संकुचित भएको छ ।

लकडाउन एवम् अन्य नीतिहरु फुकुवा गरिएको र जुन महिनाको तथ्यांकले सकारात्मक सुधार देखाएपनि तत्काल चीनको अर्थतन्त्रमा तीव्र गतिमा विस्तार नहुने विश्लेषकहरु बताउँछन् ।

शून्य कोभिड नीतिका कारण चीनको सम्पत्ति बजार समस्यामा रहेको र विश्वव्यापी अवस्था पनि नकारात्मक रहेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ३ : ५३ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले