श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा र पूर्व वित्तमन्त्री बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध « Khabarhub

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा र पूर्व वित्तमन्त्री बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्तमन्त्री बासिल राजपक्षेलाई देश छोड्न प्रतिबन्ध लगाएको छ ।

बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए । यद्यपि विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।

यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए ।

उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए । उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : २७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको