महोत्तरीका स्थानीय तहमा नदोहोरिएका सरकारले सबै करार नियुक्ति खारेज गर्ने « Khabarhub

महोत्तरीका स्थानीय तहमा नदोहोरिएका सरकारले सबै करार नियुक्ति खारेज गर्ने


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका स्थानीय तहहरुले करारका कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् ।

खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै शिक्षा, स्वास्थ्य तथा अन्य शाखाहरुमा कार्यरत कर्मचारी १ साउनदेखि लागु हुने गरी कटौती गरेका हुन् ।

कटौती गर्ने निर्णय गर्नेहरुमा बर्दिबास, जलेश्वर र औरही नगरपालिका अग्रस्थानमा छन् ।

गौशाला नगरपालिकाले भने तत्काल कटौती नगर्ने निर्णय गरेको छ । गौशाला नगरमा झण्डै १ सय कर्मचारी करारमा कार्यरत छन् ।

करार अवधिलाई नवीकरण नगर्ने निर्णय सवैभन्दा पहिला बर्दिबास नगरपालिकाले गरेको छ । शिक्षा साखाका वाहेक सबै कर्मचारी कटौती गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

औरही नगरपालिकाले पनि करार कर्मचारी हटाउने तयारी गरेको छ । `आफूअनुकुल कतिपय राजनीतिक नियुक्तिसमेत भएकाले औरहीले करारका कर्मचारी हटाउने तयारी गरेको होला´ एक स्थानीयले भने ।

दोहोरिएका जनप्रतिनिधि वाहेक सवै स्थानिय सरकारले करारका कर्मचारी हटाउने तयारी गरिएको हो ।

जिल्लाको मट्टीहानी, भंगाहा नगरपालिकामा अघिल्लो स्थानिय सरकार नै दोहोरिएका छन भने अन्य पालिकाहरुमा नया सरकार छन । जिल्लाको जलेश्वर नगरपालिकाले पनि करारका कर्मचारी हटाउने विहिवार नै निर्णय गरेको नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिए ।

पिपरा गाउँपालिकाले पनि अवैधानिक नियुक्ती भन्दै अघिल्लो सरकारले गरेका सवै प्रकारका नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

खारेज गरेका रिक्त नियुक्तिमा राजनैतिक नियुक्ति गर्न सक्ने स्थानियले आकलन गरेका छन् ।

बर्दिवास नगरपालिकामा माओवादीवाट निर्वाचित जनप्रतिनिधिको विरोध

माओवादिवाट निर्वाचित जनप्रतिनिधिहरुले कर्मचारी हटाउने निर्णय गलत भएको बताएका छन् ।

अत्यावश्यक कार्यसम्पादनका लागी प्रक्रिया पुर्‍याएर नियुक्ती गरेका कर्मचारी अभाव हुँदा सेवाग्राही मार्कामा पर्ने माओवादी निकट वडा अध्यक्ष, कार्यापालिका सदस्य तथा वडा सदस्यहरुको निष्कर्ष छ ।

प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर समेत दुरुपयोग गरेको आरोप जनप्रतिनिधिहरुको छ ।

`अत्यावश्यक कार्यसम्पादनको लागी राखिएका कर्मचारी हटाउदा कतिपय काम ठप्प हुने स्थिति आउन सक्छ ।´ वडा अध्यक्ष सम्सेर सिंहले भने ।

कार्यपालिकाको उक्त निर्णयको विरुद्ध भोलि नै माओवादी निकट जनप्रतिनिधिहरुले बिरोधस्वरुप बिज्ञप्ति जारी गर्ने भएका छन ।

यता माओवादी वाहेक अन्य पाटीका निर्वाचित जनप्रतिनिधिले उक्त निर्णयमा साथ दिएका छन । यसो हुदा माओवादीका जनप्रतिनिधिहरुले बिरोध जनाएतापनी बहुमतले उक्त निर्णय पारित भएको छ ।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १० : १५ बजे

युद्धविरामसँगै घर फर्किन थाले हजारौँ लेबनानी (तस्बिरहरू)

बेरूत- लेबनानमा युद्धविराम लागू भएसँगै हजारौँ विस्थापित नागरिकहरू आफ्ना घरतर्फ

हिमाली क्षेत्रका पदमार्गमा बिरामी परेका यात्रुको उद्धार

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च भागमा बिरामी परेका यात्रुहरूको

विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाइँदै

चितवन– ३१औँ राष्ट्रिय वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ । यही

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष