११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश « Khabarhub

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- एघार चिनियाँ सैन्य विमान ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर आइतवार ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले दाबी गरेको छ। आफूले दाबी गरेको टापु वरपर बेइजिङले सैन्य गतिविधि बढाइरहेका बेला चिनियाँ सेना ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका हुन्।

चीनले निरन्तर ताइवान वरपर आफ्नो सैन्य गतिविधि जारी राखेको छ। तर, गत साताको तुलनामा चिनिया गतिविधि न्यून छन्। जनवादी गणतन्त्र चीनले यस टापुमा कहिल्यै शासन नगरेको हुनाले यसलाई दाबी गर्ने वा यसको भविष्यको निर्णय गर्ने अधिकार नभएको ताइवान सरकारले बताउदै आएको छ।

बेइजिङमा जनवादी गणतन्त्र चीनको स्थापना गर्ने माओ त्सेतुङको कम्युनिष्ट पार्टीसँग गृहयुद्ध हारेपछि पराजित गणतन्त्र चीनको सरकार सन् १९४९ मा ताइवानमा भागेको थियो।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : २२ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९