भारत लोकतन्त्रको जननी हो : मोदी « Khabarhub

भारत लोकतन्त्रको जननी हो : मोदी


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत लोकतन्त्रको जननी भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले उक्त धारणा राखेका हुन् ।

भारतले सोमबार स्वतन्त्रताको ७५ वर्ष मनाउँदै छ र यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराएका छन् र प्रतिष्ठित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

‘हामी बापु, नेताजी सुभाष चन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने ।

प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर–सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरे ।

‘यस विशेष स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’ प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गरेका छन् । राजघाटस्थित महात्मागान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेर स्वतन्त्र दिवसको सुरुवात भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : ०९ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई