राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु « Khabarhub

राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ ।

बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

थापाले मुलुकको पछिल्लो अवस्थाबारे संक्षिप्त भनाई राखेका छन् । अहिले थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

बैठकमा महामन्त्री भाष्कर भद्राले सचिवालय सम्बन्धी प्रतिवेदन , महामन्त्री सुशील श्रेष्ठले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा र प्रशिक्षण सम्बन्धी प्रतिवेदन  अर्का महामन्त्री राजाराम बर्तौलाले सांगठानिक प्रतिवेदन , कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन , प्रदेश अध्यक्षहरूको प्रतिवेदन प्रस्तुत गर्ने कार्य तालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा निर्बाचनको तयारी र आबश्यक रणनीति निर्माण गर्ने बिषयमा महत्त्वपूर्ण छलफल हुने उनले बताए । प्रस्तुत कार्यपत्र र प्रतिवेदन माथी आजैबाट टिप्पणी सुरु हुनेछ। बैठक भोलि पनि चल्ने प्रबक्ता सुरेश आचार्यले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : २४ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद