कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी « Khabarhub

कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आयो : मन्त्री चौधरी


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमही – सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिस्ट पार्टी भन्ने बित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिस्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई-दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिस्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’

एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउँदै मन्त्री चौधरीले थपे, ‘ठुलो पार्टी, त्यत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठुलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’

कम्युनिस्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्ने बताउँदै सहरी विकास मन्त्री चौधरीले एकीकृत समाजवादी बृहत् कम्युनिस्ट एकताको पक्षमा रहेको धारणा राखे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ५८ बजे

मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा वन अतिक्रमण नियन्त्रण अभियानलाई गति

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता