अझै परेन पानी, भएन रोपाइँ « Khabarhub

अझै परेन पानी, भएन रोपाइँ


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धान खेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् ।

स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिए। उनले भने , “रोपाइँ भएको धान पनि खडेरीले गर्दा सुक्दै गएको छ । ”

नरैनापुरमा खडेरीका कारण हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए। नरैनापुरमा धान खेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर रहेको जनाइएको छ ।

बर्सात नभएर धान रोपाइँ हुन नसकेपछि नरैनापुर गाँउपालिकाले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वैकल्पिक सिँचाइको उपाय गरेर लगाएको धानबालीसमेत खडेरीका कारण नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए ।

गाउँपालिकाले सुक्खा क्षेत्र घोषणा भइसकेकाले किसानका लागि विशेष राहतको प्याकेज ल्याउन प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाले आग्रह गरेको छ । खडेरीले गर्दा कृषिमा आश्रित बहुसङ्ख्यक जनताको जीवन कष्टकर बन्दै गएको अवस्थाप्रति प्रदेश र संघीय सरकारको यथेष्ट ध्यान पुग्न जरुरी रहेको गाउँपालिका अध्यक्ष साहको भनाइ रहेको छ ।

बाँकेको अन्य क्षेत्रमा भने धान रोपाइँ भइसकेको छ । जिल्लाका अन्य क्षेत्रमा  ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सबैभन्दा धेरै नरैनापुरसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा शतप्रतिशत रोपाइँ भएको छ । वैजनाथ गाउँपालिकामा ९९ प्रतिशत, डुडुवा गाउँपालिकामा ९८ प्रतिशत, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा ९७ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा ९६ प्रतिशत रोपाइँ भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १२ : २७ बजे

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम

तामुटारमा पक्की पुल निर्माण

भोजपुर– भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको