रासायनिक मलको कोटा वृद्धि गर्न माग « Khabarhub

रासायनिक मलको कोटा वृद्धि गर्न माग


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ  ट्रक मल नियन्त्रणमा लिएका छन् ।

सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा लिएका हुन् ।  कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुग्नुभएका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी  दिए।

किसानले नियन्त्रणमा लिएका सो मल बाल मन्दिर प्राङ्गणमा राखिएको छ ।  सो विषयमा महानगरप्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईंसहितको टोलीसँग छलफल भएको छ । पर्सामा सो कम्पनीको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।

वीरगञ्ज महानगरले यहाँका कृषकका लागि आठ हजार मेट्रिक टन मल आवश्यक रहेको भए पनि हालसम्म लिमिटेडले आठ सय मेट्रिक टन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको जनाएको छ  ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : १२ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ