कसैलाई पनि काखापाखा नगरी टिकट वितरण हुन्छ : देउवा « Khabarhub

कसैलाई पनि काखापाखा नगरी टिकट वितरण हुन्छ : देउवा


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चुनाव लड्न लागे पनि कसैलाई काखा, कसैलाई पाखा र भेदभाव नगरी न्यायपूर्ण तरिकाले टिकट वितरण गरिने बताएका हुन्।

देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सबै क्रियाशील हुनुपर्ने धारणा राखे।

गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चुनाव जितिन्छ भनेर ढुक्क हुने अवस्था नरहेको जिकिर गरे । देउवाले संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुराउने भनिए पनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए।

‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राम्रो परिणाम आउनेछ’, देउवाले भने। उनले स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो र अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको बताए।

त्यस्तै उनले २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले एक्लै लड्दा प्राप्त परिणाम र अहिलेको परिस्थितिलाई मूल्याङ्कन गर्न सुझाव दिएका हुन्।

कांग्रेसले आफ्नो पार्टीका तर्फबाट  निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ११ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति