नेप्से झन्डै ५६ अंकले बढ्यो, २ अर्ब ४३ करोडको कारोबार « Khabarhub

नेप्से झन्डै ५६ अंकले बढ्यो, २ अर्ब ४३ करोडको कारोबार


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो ।

कुल दुई अर्ब ४३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार एक अर्ब ८७ करोडको कारोबार भएको थियो ।

बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स १२५, होटल तथा पर्यटन ८४, जलविद्युत् १०५, जीवन बीमा १४३, उत्पादन २३, माइक्रोफाइनान्स १३६, निर्जीवन बीमा २५४, अन्य ८५ र ब्यापार उपसमूह ९० अंक बढेको छ । कुल १८० कम्पनीको मूल्य बढ्दा चारवटा कम्पनीको मात्रै घटेको छ ।

सात कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, राधि विद्युत्, रिभरफल्स पावर, पन्चकन्या माइ हाइड्रो, अपर हेवाखोला र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

हिमालय ऊर्जा विकास र सेन्ट्रल फाइनान्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम र अरुणभ्याली हाइड्रोपावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ३ : ४० बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर