पदयात्रा सूचना व्यवस्थापन प्रणाली प्रभावकारी बनाइने « Khabarhub

पदयात्रा सूचना व्यवस्थापन प्रणाली प्रभावकारी बनाइने


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।

ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले पर्यटन व्यवसायीसँग छलफल गरेर टिम्सको समस्या चाँडो समाधान गरिने बताएका हुन् । ‘टानले उठाएको टिम्सको समस्यासम्बन्धी विषयलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे तत्काल व्यवसायीसँग छलफल र परामर्श गरेर अगाडि बढ्छौँ, अन्य विषयमा पनि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने ।

मन्त्री श्रेष्ठले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुली खुला गर्दै जाने सरकारको नीति रहेको बताएका हुन् । ‘अहिले आरोहणमा नरहेका पाँच हजार ८०० मिटर उचाइदेखि आठ हजार मिटर उचाइसम्मको हिमाल आरोहण अनुमति दिनका लागि मन्त्रालयले योजना अगाडि बढाएको छ, आरोहणका लागि कुन कुन हिमाल उपयुक्त हुनसक्छन् तीनको आरोहण अनुमति प्रक्रिया अगाडि बढाउँछौँ’, उनले भने ।

उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताए । मन्त्री श्रेष्ठले कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि सरकारले ७४ बुँदे योजना बनाएर त्यसको कार्यान्वयनका लागि अगाडि बढेको जानकारी दिए । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना महामारीबाट थलिएको पर्यटन पुनःउत्थानका लागि नीतिगत सुधार एवं योजनावद्ध कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समय टिम्स व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै यसलाई समाधान गर्न सरकारले पहल लिन आग्रह गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ५७ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ