प्रचण्डलाई आयोगको आग्रह- चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् « Khabarhub

प्रचण्डलाई आयोगको आग्रह- चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस्


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनाव जित्न १० करोड खर्च गर्नेबारे जानकारी गराइदिन आग्रह गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन आग्रह गरिएको हो ।

‘चुनाव जित्न १० करोड खर्च गर्ने व्यक्तिबारे जानकारी गराइदिनुस् भनेका हौँ,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार केही दिन अगाडि प्रचण्डलाई यस्तो आग्रह गरेर पत्र पठाइएको छ ।

पत्रको जवाफ आयोगले पाएको छैन । चुनावका खर्च गर्न पाउने सीमा तय भएकाले त्यस भन्दा तलमाथि भए जो कोहीले आयोगलाई जानकारी दिन सक्ने पनि प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ३० बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट