सत्ता गठबन्धन कार्यदलको बैठक : सिट बाँडफाँटका लागि ‘विशिष्ट मापदण्ड’ « Khabarhub

सत्ता गठबन्धन कार्यदलको बैठक : सिट बाँडफाँटका लागि ‘विशिष्ट मापदण्ड’


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिबेदन तयारी गरेको छ ।

सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डसहितको प्रतिवेदन शीर्ष तहमा बुझाउन लागेको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको कार्यदल बैठकले मापदण्ड तय गरेको बैठकपछि नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने उनले जानकारी दिए ।

‘चाँडोभन्दा चाँडो गृहकार्य पुरा गर्ने पहल अगाडि बढाएका छौं। बुधबार ४ बजे हामी केही निर्णय सार्वजनिक गर्छौं,’ उनले भने , ‘सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने छ।’

एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पहिलो पटक संघीय निर्वाचनमा भाग लिन लागेको भन्दै विशिष्ट रुपमा राखेर निर्णयमा पुग्ने भएको छ । कार्कीका अनुसार एकीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने तयारीमा कार्यदल रहेको छ ।

कार्यदलमा गत निर्वाचनमा जितेको स्थानमा सम्बन्धित दलको दाबेदारी रहने व्यवस्था रहँदा एमालेले जितेको स्थानमा एकीकृत समाजवादीको दाबी रहने अवस्था बन्छ । तर, स्थानीय तह निर्वाचनमा प्राप्त मतमा एकीकृत समाजवादीको मत न्यून आएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ९ : १४ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद