आगामी तीन दिनको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा « Khabarhub

आगामी तीन दिनको मौसम : यी प्रदेशमा हुँदैछ भारी वर्षा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा‍का अनुसार आगामी तीनदिन सम्म देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।

आज दिउँसो पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना पनि रहेको छ।

राति लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

भोलि दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुनेछ भने राति प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

पर्सि दिउँसो सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थोरै तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने र राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

उक्त स्थानमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढेर दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ५० बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल