बहराइनसँगको हारसँगै नेपालको यु-२० को छनोट सम्भावना सकियो « Khabarhub

बहराइनसँगको हारसँगै नेपालको यु-२० को छनोट सम्भावना सकियो


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहराइनसँग ६-० ले पराजित भएसँगै नेपाली युवा टिमको अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु-२० एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ।

बहराइनमा जारी छनोटको समूह ‘बी’ मा परेको नेपालले सुरुआती तीन खेलमा पराजय बेहोरेसँगै एक खेल बाँकी हुँदै सम्भावना समाप्त भएको हो।

बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा नेपालले प्रतियोगिताकै खराब नतिजा बेहोर्नु परेको हो। बहराइनका मोहमद अलीले १८औं मिनेटमा १८ यार्ड बक्स भित्रबाट गरेको प्रहार नेपाली डिफेन्डर सुमित श्रेष्ठको हातमा लागेपछि घरेलु टिमले पेनाल्टी पाएको थियो।

सोही पेनाल्टीको सदुपयोग गर्दै बहराइनी कप्तान अब्दुल्लाह सुल्तानले घरेलु टिमलाई अग्रता दिलाएका थिए। त्यसको ९ मिनेट नबित्दै बहराइनका अब्दुलरहमान गड्बानमाथि खराब फाउल गरेपछि नेपाली डिफेन्डर अमर श्रेष्ठलाई म्याच रेफ्रीले रातो कार्ड देखाएका थिए।

अमरको रातो कार्डसँगै १० जनामा सीमित भएको नेपालविरुद्ध हाबी भएको बहराइनले ३७औं मिनेटमा पुनः गोल गर्‍यो। साद अब्दुल्लाले गोल गर्दै मध्यान्तरअघि घरेलु टिमको अग्रता २-० को पारे।

नेपाली टिमले दोस्रो हाफमा थप चार गोल खायो। ६७औं मिनेटमा गड्बानले हेडरमार्फत गोल गर्दै बहराइनको अग्रता ३–० मा लम्ब्याएका थिए। अब्दुल्लाह अलीले ८४ र ८८औं मिनेटमा लगातार दुई गोल गरे।

इन्जुरी समयमा मुबारक मोहमदले सोलो गोल गर्दै बहराइनका लागि ६–० को फराकिलो जित सुनिश्चित गरे। बुधबार राति नै भएको समूह ‘बी’ को अर्को खेलमा कतारले भुटानमाथि ६–० कै जित निकालेको थियो।

जितसँगै कतार ६ अंक जोडेर समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। समान दुई खेलबाट चार अंक जोडेको बहराइन दोस्रो तथा बंगलादेश पनि चार अंकसहित तेस्रो स्थानमा छ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको भुटान चौथो स्थानमा रहँदा अंकविहीन नेपाल पाँचौं स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेल आइतबार बंगालदेशसँग खेल्ने छ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ९ : ३९ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी