‘नेपाली नगए ‘अग्निपथ’ योजनामा अरु देशले कोटा पाउँछन्’ « Khabarhub

‘नेपाली नगए ‘अग्निपथ’ योजनामा अरु देशले कोटा पाउँछन्’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए उक्त कोटा कटौती हुने बताएका छन्।

बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा नेपाल सरकारले निर्णय नगरे अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ।

हालै मात्र नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका पाण्डेले नेपाल सरकारले मंसिर ४ को आमनिर्वाचन अघि कुनै निर्णय गर्ने सम्भावना नरहेको पनि उनले बताएका छन् । उनले भनेका छन्,‘त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ।’

आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेले बताए। केही वर्ष भारतले वार्षिक ४ हजारको हाराहारीमा नेपालीलाई गर्ति गरे पनि त्यो संख्या घटाएर १५ सयमा झारेको थियो।

नेपाल सरकारले भने सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ। नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १ : ०४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना