गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ : नेता सिंह « Khabarhub

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ : नेता सिंह


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन्।

बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका विषयमा बिहीबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन्।

आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने उनले बताए । त्यस्तै उनले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू प्रतिबद्ध रहेको बताए। काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने उनको भनाई छ ।

नेता सिंहले बागमती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै  अघि बढ्नु पर्ने  आवश्यकता रहेको धारणा राखे।

तत्कालीन नेकपाको सरकारले आवश्यक कानुन समयमा नै नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेकाले समस्या सिर्जना भइरहेको उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  २ : ०४ बजे

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको

थापाथलीको सुकुम्बासी बस्तीमा चहलपहल (तस्बिरहरु)

काठमाडौं- शुक्रबार बिहानैदेखि थापाथलीस्थित बागमती किनारमा अवस्थित सुकुम्बासी बस्ती असामान्य

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी

बल प्रयोग नगरी सुकुम्बासीलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासीलाई बल